११ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

११ असोज, काठमाडौँ । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा।रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् ।

आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल रोपेका हुन् ।  फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताए ।

अबको ६ महिनापछि नयाँ कपालसहित आफू पर्दामा फर्किने उनले बताए । अभिनेता उप्रेती चाँडै एक फिल्म निर्देशन तथा निर्माणको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्