१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रमुख प्रतिपक्षी दलका नेता दाहालद्वारा सर्वदलीय बैठक आह्वान

१३ असाेज,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समेत सोहि विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्