१५ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाज

स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना

१५ असोज, काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ ।

सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैंयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ ।

बिभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो ।

कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए ।  टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सो संगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिब्रता दिएको विभागनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्