१५ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

ओलीले गराए अमेरिका भ्रमणका उपलब्धिबारे जानकारी

१५ असोज,  काठमाडौं । एमाले संसदीय दलको बैठकमा प्राकृतिक विकृत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा बाढी पीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने सन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताइन् ।

उनले भनिन्, ‘आज २१ औँ बैठक थियो । हामी आकस्मिक रुपमा बसेका हौं । मुलतः आज प्राकृतिक विपत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भयो । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिका भ्रमणबारे जानकारी दिनुभयो । उहाँ अमेरिका जानुअघि सरकारले ल्याएका कार्यक्रमहरुमा प्रतिबद्ध भएर अगाडि बढ्न भन्नुभएको छ ।’

बैठकबाट मुलतः बाढीपीडितहरुका सन्दर्भमा राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने, समस्या भएका ठाउँहरुमा सरकारको तर्फबाट प्रभावकारी ढंगबाट जनप्रतिनिधिको रुपमा कहाँ सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैमा आह्वान गर्दै डटेर अगाडि बढ्ने निर्णय गर्याँै । ’

साथै बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले अमेरिका भ्रमणबारे जानकारी गराएका छन् । यस्तै एमालेका तर्फबाट  सबै संस्था र नागरिक समाजलाई दुःखको बेला सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्