१५ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज

स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि तयार छु : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलेन्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन् ।
उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उनले प्रधानन्यायाधीशन्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताए ।
उनले भने,‘आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने,‘प्रधानन्यायाधीशन्याय परिषद्को अध्यक्ष हुनुहुन्छ । संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन । त्यसकारण विरोध गर्न पाइन्छ । हरिकृष्ण कार्की प्रतिवेदनमा स्वयंम भोलि बन्न लाग्नुभएको प्रकाश राउतले हस्ताक्षर गर्नुभएको छ । प्रतिवेदन मैले बोलेको शब्द भन्दा धेरै कडा छ ।’
उनले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि आफू तयार रहेको तर गैर कानुनी र गैर संवैधानिक कामलाई संवैधानिक भन्न कदापी नसक्ने जिकिर गरे ।
उनले भने,‘कानुनको शासन र न्यायपालिकाको रक्षाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणामा जे आएपनि भोग्न तयार छु । कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु । तर गैरकानुनी गैर संवैधानिक कामलाई संवैधानिक भन्न सक्दिन ।’

प्रतिक्रिया दिनुहोस्