१८ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित भयो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किएकी हुन् ।

आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले जलवायु परिवर्तनले गरेर देशमा हुने विनासको बारे धेरै कुराहरु उठाएको जानकारी दिइन् । अन्तर्राष्ट्रिय जगतबाट हेर्दा नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित गरेको बताए ।

उनले भने,‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनासको बारेमा धेरै कुराहरु उठायौं । र अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन,  खत्तमै भयो देश भनिन्छ त्यस्तो चाँही होइन रहेछ ।’

प्रतिक्रिया दिनुहोस्