कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : उपाध्यक्ष घिमिरे
सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् ।
सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।
उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो संभावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् ।
‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलपूmल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो ।
प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका बिकास कार्यक्रमको अनुगमन गरेकी थिइन । साथै उनले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरु समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।
अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानिय तहका जनप्रतिनिधी पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट बिकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्