व्यवसायिक गुरुङले दिए एमालेलाई छ अर्ब बराबरको जग्गा दान
संवाददाता, बामदेब भट्ट
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट किर्तिपुर नगरपालिका, मैत्रीनगरस्थित एमाले केन्द्रिय कार्यालय भवनको आज शिलान्यास भएको छ ।
भाटभटेनीका संचालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधिनिक भवन बन्ने एमालेका महासचिब शंकर पोखरेलले बताए ।
उनले जग्गा नेकपा एमालेको नाममा आउन बाँकी रहेको समेत बताए । छिट्टै यो काम हुने र भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको उनको भनाई थियो । एमालेको हालै केन्द्रिय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षती पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।
पत्रकारको प्रश्नमा व्यवसायी गुरुङले आफुले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफु पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए ।
उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङ जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्