६ कार्तिक २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

दयालु आयुश (लघुकथा)

बुबाको मृत्यु पछी आमाले अर्कै बिहे गरेर गएपछि अनाथ बनेका यि अबोध बालक आकाश मगरले पढ्नको लागि स्कुल जाँदै गर्दा सडकको पेटिमा एउटा स्याउ देख्छ र खुशी हुँदै स्याउ टिप्दै आफुले लगाको स्कुलको ड्रेसमा पुछेर खादै गरेको आफ्नो घरको बार्दलीबाट उसैको उमेरको प्राइभेट बोर्डिङ पढ्ने आयुशले देख्छ र आकाशको छेउमा आएर भन्छ,
ूतिमीलाई थाहा छैन् सडकमा फालेका खानेकुरामा ब्याक्टेरिया र कीटाणुहरू हुन्छन् भनेर फोहोर धुलोमाटो बाट उठाएर खाँदा तिमीलाई रोग लाग्न सक्छ, तिमी बिरामी हुन सक्छौ, वा फोहोर खानेकुरा खादा तिमी मर्न पनि सक्छौं।

अनाथ बालक आकाश खिस्स हाँस्दै भन्यो, अनि मैले यो खानेकुरा नखादा भोकले मर्न पनि सक्छु। नखाई भोक भोकै मर्नु भन्दा त खाएरै मरौ न।

श्री सम्पतीले भरिपुर्ण आयुश एकछिन चुपचाप बस्यो, त्यसपछि उसले सोध्यो, किन तिमीले केही खाएको छैनौ र ? अनि तिम्रो आमाबुवा कहाँ हुनुहुन्छ ?

अबोध अनाथ आकाश मगर ले भन्यो,
मेरो बुबा म सानै हुदा बित्नुभयो र मेरो ममी अर्कैसँग पोईला जानुभयो। म घरमा एक्लै छु, घरी आफन्तको घरमा गएर खाने गर्छु त घरी भोकभोकै पानी खाएर बस्छु।

आयुशलाई अनाथ आकाशप्रति दया जाग्यो र आयुशले उसलाई एकछिन पर्खन भन्यो र ऊ दौडदै आफ्नो तीन तले घरभित्र पस्यो र केही बेरमा फ्रीजमा राखेको केक, स्याउ केरा अंगुर ल्याएर उसलाई दिदै भोलिबाट दिनदिनै मेरो घरमा आएर मलाई भेट्नु भन्यो।
आकाशले जिन्दगीमा पहिलोपटक केक जुस र फलफुल आफुले पाएकोमा धेरै खुशी भयो। उसले यति मीठो खानेकुरा पाएकोमा धनी बालकलाई कृतज्ञता व्यक्त गर्न खोज्यो तर मुखबाट शब्दहरू बाहिर निकाल्न गाह्रो भइरहेको थियो। उ त्यहाँ उभिएर खानेकुरा हेर्दाहेर्दै आयुश आफ्नो घर पुगिसकेको थियोे। भोलि बिहान आउने आशामा आकाश पनि आफ्नो घरमा गयो।

भोलिपल्ट अनाथ अबोध बालक आकाश धनी तर संस्कारले भरिपुर्ण आयुशको घरमा आयो, उसलाई देखेर धनी केटोले केही खानाको परिकार, जुत्ता मोजा, टूथब्रश, पन्जा, र अन्य विभिन्न खेलौनाहरु दियो।
यति धेरै सामान आफ्नो अगाडी देखेर उसले बिश्वास नै गर्न सकेको थिएन वास्तवमा ती सामानहरू उसको लागि चमत्कार नै भएको थियोे।

अबको केही दिनसम्म यस्तै चलिरह्यो । गरिब अनाथ आकाशलाई पैसा वा राम्रो खानेकुराको कहिल्यै अभाव भएन। एक पटक, आयुशले उसलाई लुगा, जुत्ता, स्लिपिङ्ग ब्याग र आफ्नो पुरानो मोबाइलमा सन्तोष कार्की मौसुफ को फेसबुकमा दिनानुदिन आउने शिक्षाप्रद कथाहरु पढ्नु भन्दै दियो, अनाथ बालक को आत्मा कृतज्ञता र खुशीले भरिएको थियो।

एक दिन, अनाथ बालक आकाश आयुशको घरमा आयो, तर उसले आयुशलाई घर वरिपरि उसले देखेन। त्यसपछि उसले आमाबुवासँग कतै बाहिर गएको पनि हुनसक्छ भन्ने सोचेर उ आफ्नो घर फर्किएर गयो। तर जति दिनहरु बित्दै गयो उसले उसले आयुशलाई घरमा कहिले देखेन भेटेन, ऊ चिन्तामा पर्न थाल्यो र कहाँ गए होला भनेर सोच्न थाल्यो।

भोलिपल्ट उसले बिहान देखि नै आयुशको घर नजिकै गएर उसको घरतर्फ हेरेर बस्यो बिहान नौं बजेतिर उसले एक जना मानिसलाई खानाको झोला लिएर आफ्नो कारबाट बाहिर निस्कदै गरेको देख्यो र उस मानिसले उसैको अगाडी आए र खानाको झोला दिदै यो उसको सानो छोराले तिम्रो लागि अस्पतालबाट पठाएको हो भनेर भन्यो। उस अनाथ बालकले ति मान्छे धनी केटाको बुबा हो भन्ने कुरा थाहा पायो।

आयुशको बारेमा सोध्दा एक हप्ताअघि बेहोस भएको र गम्भीर अवस्थामा अस्पताल भर्ना भएको भनी उस ब्यक्तिले बताए। आकाश धेरै चिन्तित र दुखी भयो। उसले मानिसलाई अस्पताल लैजान आग्रह गर्यो ताकि उसले उसलाई देख्न सकोस्।
उस ब्यक्तिले सहमत जनाए र दुबैजना अस्पताल गए।

अस्पतालमा उ सुतेको सैयामा पुगेपछी आयुशले आकाशतिर फर्केर कमजोर स्वरमा सोध्यो, मैले पठाको खानेकुरा तिमीले पायौ ? मलाई माफ गर । केही दिनदेखि तिमीलाई खानेकुरा र सामनहरु मैले दिन सकेको छैन। मेरो स्वास्थ्य अवस्था बिग्रदै गएको र केही दिन अस्पतालमा नै बस्नुपर्छ भन्नुभाको छ डाक्टर साबले।

अनाथ केटाले आफ्नो औँलाले उसको आँसु पुछ्यो, अनि कानमा बिस्तारै भन्यो बिरामी भएर ओछ्यानमा भएर पनि तिमी कति दयालु मान्छे छौँ।

धनी केटाले केही बेर रोकेर सोध्यो, यदि तिमीले मलाई अबका दिन देखि कहिल्यै भेटेनौं देखेनौं भने तिमीले मलाई केका लागि सम्झन्छौं ?

🌸 आकाशले बिस्तारै भन्यो, मैले तिम्रो घर सम्पत्ति र त्यसमा भएका कार मोटरसाइकल साइकलहरु सम्झिने छैन। मैले तिम्रो सम्पत्ति सम्झिनै छैन। मैले तिम्रो महँगो जीवनशैली सम्झने छैन। तर म तिम्रो दया, उदारता तिमीले मलाई गरेका सबै सहयोगहरु सम्झनेछु। त्यो याद जिन्दगीभर सम्झना बनेर ममा रहिरहनेछ।

आकाशको कुरा सुनेर आयुशले एउटा सुन्दर मुस्कान मुस्कुरायो, र त्यसपछि उसको घटनास्थलमै मृत्यु भयो। उसको शव तुरुन्तै शवगृहमा लगियो।

🏵️🌼 अन्तमा, तपाईंसँग के छ वा तपाईंले के पाउनुभएको छ भन्ने कुरा होइन। यो तपाईको घर वा कार मोटरसाइकल सुन चादिको बारेमा होइन।
यो तपाईले कसलाई माथि उठाउनुभयो, तपाईंले कसलाई राम्रो बनाउनुभयो भन्ने बारे हो।
आफू बाच्दै तपाईंले छोड्नुहुने पदचिह्नले मानिसहरूलाई राम्रो ठाउँहरूमा लैजान सक्छ। यो पोस्ट पढेपछि एकछिन सोच्नुहोस् र तपाईंले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा विचार गर्नुहोस्। के तपाईंले मानिसहरूलाई मुस्कानका साथ नमस्कार गर्नुहुन्छ वा धन्यबाद दिनुहुन्छ ? तपाईं खराब मुडमा हुँदा पनि के तपाईंका शब्दहरू दयालु छन् ? के तपाईंले अरुलाई केही दिनुभएको छ जुन उनिहरुले तपाइँलाई सधैंको लागि माया गरिरहनेछन ? के तपाईं केही खास हुनुहुन्छ कि तपाईं भोलि जानुभयो भने ? मानिसहरूले तपाईंको दया, मुस्कान वा तपाइको हाँसो याद गर्नेछन् ।

अनी फेरि पनि सोध्न मन लाग्यो, तपाइँलाई मान्छेहरुले केको लागि याद गर्छन्, कमेन्टमा आफुलाई केका लागि याद गर्छन् लेख्नु पर्दैन बस संसार छाडेर जाँदा मलामी कमाएर जानूहोस्। मान्छेको दिमागमा यादगार छाप छाड्नुहोस् ।।🙏

प्रतिक्रिया दिनुहोस्