४ कार्तिक २०८१, आईतवार
अर्थ मुख्‍य समाचार समाज

सुनको भाउ हालसम्मकै उच्च

४ कात्तिक,   काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय    रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले  बढेर २ हजार  ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्