४ कार्तिक २०८१, आईतवार
मुख्‍य समाचार समाज

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

४ कात्तिक, दोधारा चाँदनी (कञ्चनपुर),। कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिातको उद्घाटन गर्दै नेता नेपालले नेपालको नेपालको राजनीति मौसम जसरी परिवर्तन भइरहेको छ । छिटोछिटो हुने सरकार परिर्वतनले जतनाको चाहनाअनुसार काम गर्न नसकिएको उसको भनाइ थियो । प्रतियोगितामा हार जित हुने भन्दै उसले खेलाडीहरूलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन आग्रहसमेत गरे । “तन र मन दुवै ठिक राख्न जरुरी हुन्छ”, उसले भने, “त्यसका लागि खेलकुद प्रतियोगिता भइराख्नु आवश्यक हुन्छ ।”

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिए । “तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उसले भने । उसले भने, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।” उसका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी ¥यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल रु ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल रु चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्