४ कार्तिक २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाज

मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, २५ पालिकाका भवन निर्माण

४ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धीहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।

सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए । उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुननिर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।

त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्