५ कार्तिक २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरुको सम्मेलनमा सहभागिता रहनेछ ।

सम्मेलनको आयोजकका रुपमा नेपाल सामग्री विज्ञान समाज र सह–आयोजकका रुपमा सुदूरपश्चिम विश्वविद्यालय नेपाल एप्लाइड साइंसेज र केमिकल इन्जिनियरिङ विभाग, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयलगायत छन् ।

सम्मेलनमा नेपाल, दक्षिण कोरिया, चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मंगोलिया, फिलिपिन्सलगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

 

प्रतिक्रिया दिनुहोस्