६ कार्तिक २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाज

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे

६ कात्तिक,  काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् ।

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने,‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीं कानुनको अभाव त कहीं भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुनेगरी व्यवस्थित गर्न जरुरी छ ।’

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको पनि बताए ।

उनले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिदैँ प्रतिष्ठानलाई सवल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उदघोष गरे ।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०÷०८१ मा सातवटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए ।

साथै, ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्