७ कार्तिक २०८१, बुधबार
मुख्‍य समाचार समाज

अझै सामान्य नबनेको रोसी

६ कात्तिक,  काठमाडौं । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन । लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्