९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विचार समाचार समाज

यो अपराधी–अपराधीबीचको मोलमोलाइ र लेनदेन हो : पूर्ण बस्नेत

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान राजनीतिक घटनाक्रमप्रति तीखो प्रहार गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको आन्दोलन र सरकारको गतिविधिप्रति टिप्पणी गर्दै उनले यसलाई अपराधी–अपराधीबीचको मोलमोलाइ र लेनदेन भनेका छन् । ‘यो न आन्दोलन हो न बदला वा प्रतिशोध ।’ यो कुकर्म–कुकर्मबीचको टकराव रहेको उनको भनाइ छ  ।

बस्नेतले तत्कालिन संघीय समाजवादी फोरम, नेपालले संविधानका केही प्रावधानहरुमा असहमति राख्दै आन्दोलन गर्दा आन्दोलनकारीमाथि गोली हान्ने र आन्दोलनकारीमाथि निर्मम दमन गर्ने सरकार आज सहकारी ठगको मुद्दामा पक्राउ परेका रवि लामिछानेको समर्थकको आन्दोलनबाट त्रशित र भयभित भएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गमा मानव साङ्लो बनाएर गरिएको प्रदर्शनलाई माखे साङ्लो र मान्छे मरेको घटनालाई दुईचार वटा आँप झरेको भनि जनताको आन्दोलनलाई अपमान गरेको बस्नेतको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्