सागसब्जीबाट वार्षिक छ लाख आम्दानी
१५ कात्तिक, रामपुर (पाल्पा) । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुन्छ ।
रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिनुभएको उ हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेको छ । उसको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।
उसले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेको छ । उसले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेको हो । वार्षिक रूपमा रु छ लाख बराबरको आम्दानी गर्दै आएको उसले बताउ छन । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उसले बताए । “बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ”, उसले भने ।
वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उसले जनाए । उसले ‘टनेल’भित्र र बाहिर खेती गरेको छ । टनेलभित्र उत्पादन धेरै हुने गरेको उसले सुनाए ।
युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि रु आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उसले बताउ छन । सबैको साथ र हौसला पाएकाले उसले खेती विस्तार गर्नउत्साहित हुन्छ ।
प्रतिक्रिया दिनुहोस्