कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान
२२ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेको छ । मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार गरिनेछ ।
मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्ने छ । उसले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारीलगायत हुन्छ ।
प्रतिक्रिया दिनुहोस्