छठको अवसरमा मन्त्री पाण्डे जनकपुर धाममा
२२ कात्तिक, जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् ।
उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्व र मैथिली सभ्यतमा यसको प्रभाव लगायतका विषयमा जानकारी लिएका थिए ।
सोही क्रममा मन्त्री पाण्डेले प्रशिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका थिए ।
सो अवसरमा उपस्थित जनप्रतिधिलगायतका अगुवाहरुसँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचारप्रशार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गरेका थिए ।
साथै उनले जनकपुरस्थित विमानस्थलको स्तरोउन्ती गरी भैरहवाको गौतमवुद्ध अन्तर्राट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरेका थिए ।
मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गर्नु भएको थियो विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झन्डोउत्तोलन समेत गर्नुका साथै विमानस्थलम निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गरेका थिए । सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठघाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गरएका थिए ।
प्रतिक्रिया दिनुहोस्