८ मंसिर २०८१, शनिबार
गण्डकी मुख्‍य समाचार समाज

गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती

२५ कात्तिक, बलेवा (बागलुङ) । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उहाँले किबीखेती गर्ने निर्णय गरे ।

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उ नमूना किसान भएको छ । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उसलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उसले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उसका उत्पादन बजारमा पाइन्छन् ।

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उसले किबी खेती सुरु गरेको थियो । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गरेका उसले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए ।

उसको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्