६ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

लाकोजु र सिम्रन सम्मानित

२६ कात्तिक, लाकोजू छिमेकी राष्ट्र भारतको दार्जलिङमा सम्मानित हुनुभएको छ । उहाँसँगै भारतकै गायिका सिम्नर गुरुङ पनि सम्मानित हुनुभएको छ। उहाँहरू दुबैलाई सावाली प्रकाशनले सम्मान गरेको हो । साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट र सिम्रन गुरुङ्लाई बिनोद स्याङ्देन स्मृति सम्मानबाट सम्मानित गरिएको छ । दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष सुभद्रा वन्जनले संयुक्त रूपमा नगदसहित सम्मान अर्पण गरेका गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिलकुमारी भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको बिचार व्यक्त गर्नुभयो । लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो, यो अनुत्पादक क्षेत्र होइन भन्ने विचार राख्नुभयो । सावली प्रकाशनका अध्यक्ष सुभद्रा वम्जनले साहित्यले मनहरू जोड्ने काम गरेको विचार राख्नुभयो ।

लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आउनुभएको लाकोजूका करिब तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उहाँले साहित्यिक कृतिको सम्पादन समेत गर्नुभएको छ । लाकोजूले नेपाली भाषा र साहित्यको उन्नयन, साहित्यिक संगठन र साहित्यिक पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानका लागि नगदसहित सो सम्मान प्रदान गरिएको हो । सोहि अवसरमा साहित्यकार सुभद्रा बम्जनको हस्ताक्षर संवाद नामक पुस्तक लोकार्पण पनि भएको थियो । उक्त पुस्तकमा नेपाल र भारतका गरी ३१ जना स्रष्टाहरूको अन्तर्वार्ता समावेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्