नेपालबाट अमेरिकन फिल्म मार्केटमा निशान घिमिरे
काठमाडौं । हरेक वर्ष विश्वभरका चलचित्र उद्यमीहरुका लागि ‘अमेरिकन फिल्म मार्केट’ विशेष आकर्षणको केन्द्र हुने गर्दछ । जसलाई विश्वको सबैभन्दा ठूलो चलचित्र व्यापार मेला मानिन्छ ।
यही नोभेम्बर ५ देखि १० सम्म अमेरिकन फिल्म मार्केट ४५ औं संस्करणका रूपमा अमेरिकाको लसभेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भएको थियो । लस भेगस अमेरिकाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो ।
कार्यक्रममा ८० भन्दा धेरै देशका १०० भन्दा धेरै वक्ताहरुले फिल्मका आर्थिक पाटोदेखि लिएर, उत्पादन, वितरण, प्रविधि, एआई, फिल्म स्ट्रिमिङ, स्टोरी टेलिङ आदि विषयहरुमा मन्तव्य दिएका थिए ।
यो कार्यक्रममा सहभागीहरूले नयाँ फिल्महरू अवलोकन गर्न, किन्न, लगानीका लागि आफ्नो प्रोजेक्ट प्रस्तुत गर्न र नेटवर्किङ गर्ने अवसर पाउने गदर्छन् ।
विश्वभरबाट ६००० भन्दा धेरै सफल चलचित्र निर्माता, निर्देश, सिनेमाटोग्राफर, सम्पादक, चलचित्रकर्मी, वितरक, प्रदर्शकलगायत उच्च चलचित्र अधिकारीहरूको सहभागतिा भएको यस मेलामा गत वर्ष एक अर्ब अमेरिकी डलरभन्दा बढिको निर्यात लाइसेन्स सम्झौतामा हस्ताक्षर भएको थियो र यस वर्ष अझ वृिद्ध भएको अमेरिकन फिल्म मार्केटटका सिईओ जिन प्रिवेटले बताए ।
नेपाली चलचित्रकर्मीहरुको सहज पहुँचभन्दा धेरै पर रहेको यस मेलामा नेपाली चलिचत्र क्षेत्रका प्रतिनिधिहरुको फाट्टफुट्ट मात्र उपस्थिति हुने गदर्छ । यस वर्ष नेपालका सफल र प्रतिष्ठित चलचित्र तथा म्यूजिक भिडियो सम्पादक निशान घिमिरेले आफ्नो कम्पनी राड स्टुिडयो र नेपाली चलचित्र क्षेत्रलाई प्रतिनिधित्व गर्दै सो मेलामा सहभागिता जनाएका थिए ।
घिमिरले यस बिचमा इटालियन आर्ट भिडियो, नभडा फिल्म, बृटिस भर्जिन आइल्याण्ड फिल्म कमिसन, अउल्ला फिल्म साउदी अरब, टोकियो फिल्म कमिसन जापान, वेस्ट भर्जिनियाँ इकोनोमिक डेभलपमेन्ट, पोलिस फिल्म, हलिउड फिल्मका मेकरहरू, बलिउड फिल्मका मेकरहरू, टर्किस फिल्म तथा चाइिनज फिल्मका मेकरहरू लगायत अरू थुप्रै फिल्ममेकरहरू भेटेका निशान सो भेटमा नेपाली फिल्मको कथाबस्तु, टेक्नोलोजी र छायांकनस्थलको बारमा कुरा भएको र चासो दिएको बताएका छन् ।
उनले अमेरिकी फिल्म माकेर्टमा संगालेको अनुभवलाई आगामी प्रोजेक्टहरुमा उतार्ने सोचमा रहेको पनि बताएका छन् । यो सहभाागिताले थप उर्जा दिएको बताउने निशान नेपाली चलचित्र क्षेत्रलाई विश्वका अन्य देशका चलचित्र उद्योगसँग सहकार्य गर्न र अनुभव साटासाट गर्न र नयाँ प्रविधिहरूसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नुका साथै विश्व चलचित्र उद्योगमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रूपमै बजारिकरण गर्न समेत महत्वपूर्ण भूमिका प्रदान गर्ने उनले बताए ।
निशानले गत वर्ष पनि बेलायतको लन्डनमा भएको ‘फोकस २०२३ मिट दी मेकर्स’ सम्मेलनमा सहभागी भएर आफ्नो प्रस्तुित दिएका थिए । दुई दशकभन्दा बढी समय नेपाली चलचित्र तथा म्यूजिक भिडियो सम्पादन क्षेत्रमा काम गरेका निशान नेपाली म्यूजिक भिडियो तथा फिल्मका सर्वाधिक सफल सम्पादक हुन् । उनको सम्पादन सम्बन्धी अद्भुत कलाले फिल्म तथा भिडियोको स्तर नै उकास्नुका साथै व्यवसायमा पनि फाइदा भएको छ ।
निशानको सहकायले कतिपय निर्देशकलाई नेपाली चलचित्र उद्योगमा राम्रैसँग स्थापित हुन मद्दत पनि गरेको छ । उनको उच्च कोटीको सम्पादकीय क्षमता र सिर्जनशीलताले नेपाली कला र संस्कृतिको प्रवद्धर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । उनका धेरै कामहरु नेपाली दशर्कहरु माझ लोकप्रिय छन् ।
रािष्ट्रयस्तरका थुप्रै अवाडर्हरु उनको उच्च कोटीको सम्पादकीय क्षमता र सिर्जनशीलताले नेपाली कला र संस्कृतिको प्रवद्धर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । उनका धेरै कामहरु नेपाली दशर्कहरु माझ लोकप्रिय छन् । रािष्ट्रयस्तरका थुप्रै अवाडर्हरु जितेका निशान सम्पादक मात्र नभएर राम्रो निर्देशक पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्