१० मंसिर २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षितबाल गृहबाट ११ बालबालिकाको उद्धार

काठमाडौँ । काठमाडौँमहानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जनाबालबालिकालाई श्रम र असुरक्षितबाल गृहबाट उद्धार गरेको छ ।
मंगलबार वडा नम्बर १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षिय बालकलाई उद्धार गरियो । बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहायबाल सुधार संघ नामक संस्थाका राखिएका १० जनाबालक र एकजनाबालिका सबैको उद्धार गरियो । उद्धारपछि राष्ट्रिय बालअधिकार परिषदले सबै बालबालिकाको अस्थायी संरक्षणको मिलाएको छ ।
उद्धार भएकाबालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ । उद्धारमा खटिएका बाल संरक्षण अधिकृत सुनिताशाह भन्छिन्, ‘लेखाजोखा र मनोविमर्शपछि प्राप्तहुने मनोसामाजिकप्रतिवेदनकाआधारमा पारिवारिक पुनर्मिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।’
महानगरपालिकाको हटलाइन नम्बरमा बालबालिकाको नाजुकअवस्था रहेको, उनीहरुकानाममाअवैध चन्दा संकलनलगायतकामभइरहेको सूचनाप्राप्तभएको थियो । प्राप्त सूचनाकाआधारमा २ ठाउँमा एकैपटक अनुगमन गर्नुपर्ने देखियो । महानगरपालिकाकाबाल कल्याण अधिकारी शान्ता पहाडी भन्छिन्, ‘बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनीगतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनकालागिकार्यदलका सदस्यधिरज जोशीको नेतृत्वमाअर्को टोली एकै पटक परिचालनभयो । टोलीमा राष्ट्रिय बालअधिकार परिषद्, बालबालिकाखोजतलास सेवा (१०४) महानगर नगर प्रहरी बल र नेपालप्रहरीबाट प्रतिनिधिहुनुहुन्थ्यो ।’
‘वडा नं. २ मा दर्ता देखिएको बेसहारा असहायबाल सुधार संघले वडा नं. ४ मा समेत कार्यालय स्थापना गरेर जब सेन्टर (रोजगार केन्द्र)मार्फत स्वयंसेवककर्मचारी भर्ना गर्ने, गैरकानुनी रूपमाचन्दा उठाउने गरेको, संकलित रकमअपारदर्शी परिचालनभएको, कार्यालयकाकर्मचारीहरूको भूमिकाशङ्कास्पद देखिएको भन्ने सूचनाथियो । त्यसकाआधारमा अनुगमनगर्दा, मासिक २२ हजार रुपैयाँतलबदिने भनेर १४ जनाकर्मचारी भर्ना गरिएको पाइयो । उनीहरु प्रत्येकलाई फिल्डमा खटाउने गरिएको, फिल्डबाट दैनिक २ हजार १ सय रुपैयाँअनिवार्य संकलन गर्नुपर्ने दायित्वदिएको देखियो,’उनले भनिन् ।
यसरी गतिविधि सञ्चालन गर्ने शंकास्पदव्यक्तिलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धानथालेको हो । यो संस्थाआर्थिक वर्ष २०७६÷२०७७ देखि महानगरपालिकामानविकरण छैन । अनुमतिनलिइ गैरकानुनी रूपमाबालगृह सञ्चालन गरेको पाइएपछि राष्ट्रिय बालअधिकार परिषदले २०७२ सालदेखि अनुगमन गरेर संस्थामा रहेका बालबालिकालाई उद्धार गरेर गृह सञ्चालनममा रोक लगाएको थियो । पछिल्लो समयमामहानगरपालिकामा संस्थानविकरणका लागिकर्मचारी पठाउने गरेका थिए । बालगृह सञ्चालनकालागि मापदण्ड नपुग्ने भएपछि नविकरण भएको छैन ।
महानगरपालिकाले पहिलो चरणमा उद्धार गरिएकाबालबालिकाहरुको घटना व्यवस्थापन गरिसकेको छ । दोस्रो चरणको बाल उद्धार कार्यक्रममामहानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्तभएका सूचनाकाआधारमा कामथालेको छ । पहिलो चरणमा २४ जनाबालक र २७जनाबालिका गरी ५१ जनाबालबालिकाको उद्धार भएको थियो । उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनःस्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वाेत्तमहितनहुने देखिएकाबालबालिकालाई शिक्षा, स्वास्थ्यउपचार सहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको छ । उद्धार गरिएका ५१ जनामध्ये २४ जनाबालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको बाल कल्याण अधिकारी पहाडीको भनाइ छ ।
महानगरपालिकाले गएको वर्ष बाल संरक्षण तथाबालबालिका सम्बन्धीकार्यविधि, २०८० जारी गरेको छ । त्यसयताबालबालिकालक्षितविभिन्नकार्यक्रमतथाबाल संरक्षण प्रणाली सुदृढीकरणमा कामभइरहेको छ । ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’भन्ने नारा राखेर बालबालिकालक्षितकार्यक्रमकालागि यस आर्थिक वर्षमा सामाजिकविकास विभागअन्तर्गत ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कार्यविधिअनुसार उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमामहानगर बालअधिकार समितिको गठन भइसकेको छ । समितिअन्तर्गत बाल उद्धार कार्यदल र घटना व्यवस्थापनउपसमिति गठन भएका छन् ।
बाल कल्याण अधिकारीको व्यवस्था गरिएको छ । बाल उद्धार कार्यक्रमपूर्व र उद्धार पश्चात् बालबालिकाको सामाजिकतथामनोवैज्ञानिक प्रतिवेदनतयार पारेर बालबालिकाको सर्वाेत्तमहितनिर्धारणमा सहजीकरण गर्न समाजसेवीतथाबालमनोविज्ञको नियुक्तिभइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्