नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सम्पन्न, ३ वटाबस्तु र १७ वटा परिक्षणविधि स्वीकृत
काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नया ँप्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हालकायम रहेको एनएस ८० एम २०४२ ः होमपाईपलाई परिमार्जन गरिएको नेपाल गुणस्तर पारित भएको हो ।
यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित क्ष्क्इ बाटनिर्धारित अन्तर्राष्ट्रियगुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएकाछन् ।
मन्त्रीभण्डारीले यस बाहेकअन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएकाछन् । हालचलनचल्तीमा रहेकाबाहेक ठुला साइजकाग्यास सिलिण्डरहरुको नेपालगुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशनदिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भएपश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्यमन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजीक्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्