२ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

प्रधानन्यायाशीध राउतद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

२ मङ्सिर, काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । प्रधानन्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेको हो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुङ्गानाको पार्थीव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको स्वकीय डा रुद्र शर्माले जानकारी दिए । ढुङ्गानाको भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने शर्माले बताउए ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १:३० बजे उसको निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्