सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन् ।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भए ँभन्नु पर्दैन । अनाथहुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानता सहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
उनले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताए । ‘सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनता प्रतिनिष्ठा र प्रतिबद्ध रहेको बताए ।
उनले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे। शुभकामना सन्देशमाभनिएको छ,‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नत स्तरबाट सुरु गरेका थियौं । सामाजिक सुरक्षा एउटाउन्नत अवधारणा र अभ्यास हो । त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ । सामाजिक सुरक्षामा नवजातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो । मानवजाति सचेत प्राणीभएको हुनाले आफ्नो सुरक्षाकालागि सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन। यसकालामाइतिहास छन्। पछिहाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सन जस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिनथाल्यो ।’
प्रतिक्रिया दिनुहोस्