Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एसिया कप खेल्ने यु–१९ टिमलाई आज बिदाइ गरिँर्दै

रातो कागज
4 महिना अघि

११ मङ्सिर, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई आज बिदाइ गर्दैछ।

मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको जानकारी दिएको हो।

टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया