Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेइजिङमा बायोमिमेटिक रोबोटहरुको रोचक प्रतिस्पर्धा

रातो कागज
4 महिना अघि

११ मङ्सिर, एजेन्सी । चीनको बेइजिङमा भएको बायोमिमेटिक रोबोट प्रतियोगितामा प्रतिस्पर्धी रोबोटहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सोमबार बेइजिङमा सुरु भएको प्रतिस्पर्धामा ५६ वटा रोबोटले मानव र जनावरको चालको नक्कल गर्नुका साथै एआई र रोबोटिक प्रविधिहरूको उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

फरक फरक चारवटा कार्यक्रममार्फत प्रतिस्पर्धामा रहेका १०१ टोली सेमिफाइनलमा र ५६ रोबोट फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा ह्युमनोइड बायोमिमेटिक रोबोटहरूप्रति दर्शकहरुले विशेष चाख राखेका थिए । प्रतियोगीहरुको नतिजा सार्वजनिक भइसकेको छैन् । (सीसीटिभीप्लस)

फेसबुकबाट तपाईको प्रतिक्रिया