Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

च्याम्पियन्स लिगमा बार्सिलोना ३–० ले विजयी

रातो कागज
5 महिना अघि

१२ मङ्सिर, काठमाडौं ।  यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए ।

त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३–० को जित सुनिश्चित गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया