१६ मङ्सिर, एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Photo-2.png)
१६ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् ।
आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ ।
आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः १५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्