Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

रातो कागज
4 महिना अघि

१६ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन् ।

आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिबेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै  उनले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानून बनाएर ऐनहरु लागू गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र  समाजको निर्माण गर्नु आवश्यक्ता छ । एचआइभी संक्रमितमैत्री समाज भयो भने संक्रमितहरुले बाच्ने आधार पाउँछन् । संक्रमितहरुले दिनदिनै वा दिनैपिच्छे पीडा पाउनु भन्दा संक्रमितमैत्री समाज बनाउन सके सजिलो हुन्छ ।’

साथै उनले संक्रमित भएकाहरुलाई पीडाबोध गर्न नहुने बताए । उनले पीडाबोध नहुनुलाई त्यहीँ अनुसारको कानून ऐन, व्यवहार र  चेतना जोगाउने कामहरु गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया