रातो कागज
4 महिना अघि

१८ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको हो । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनका साथ अर्धशतक पूरा गरेका छन् । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको थियो ।
विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया