बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य
१८ मङ्सिर, काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबारदेखि बिहीबारसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।
ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा दुई पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको सीसीटीभीप्लसले समाचार लेखेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणसँगै चीन नेपालसँग रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न र चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि प्रयास गर्न तयार रहेको उल्लेख गरेको छ । ओली बेइजिङमा ओर्लिदा चिनियाँ उच्च अधिकारीहरुले भब्य स्वागत गरेका थिए ।
ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुका साथै नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्