तारा एयरले सुरू गर्यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
मंसिर १९, मुगु । तारा एयरले सुरू ग¥यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान शुरु भएको छ ।
लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।
सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो । हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित भएका छन् ।
सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत –रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिक रुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्