Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ, आजको मौसम

News and Updates
4 महिना अघि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् ।

हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज पनि राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया