अर्थ समितिसभापतिचालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामाबोल्दै सभापतिचालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलतालिननसकेको बताएकाहुन् ।
उनले भने, “पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायीक साथीहरूले काम गरिरहनुभएको छ तर त्यो कामबाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।”
चालिसेले विगतका केहीचुनौतीपूर्ण घटनाक्रमले देशको व्यवसाय क्षेत्रमागहिरो प्रभावपारेको भन्दै त्यसको असर अझै देखिन सकिनेपनिबताएका छन् । उनले कोभिड–१९ महामारी, २०७२ सालको विनाशकारी भूकम्प, र त्यतिबेलाको आर्थिक मन्दीले गर्दा व्यवसायले अझै पुरानो लय समात्ननसकेको धारणा व्यक्त गरेका छन् ।
“१६प्रतिशतको ब्याजदर ८ प्रतिशतमाझरे पनि बैंकहरूमा ऋण लिन कोहीआउन सकेका छैनन। किनभने, कोभिड र भूकम्पजस्ता घटनाले व्यापार व्यवसायथला परेको थियो, जसको प्रभावअझै पनिव्यवसायीक क्षेत्रमा देखिएको छ। पुराना ऋणका बोझले सबैजना समस्यामा छन्। त्यसैले निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन,”उनले भने।
चालिसेले सुधारका लागिआवश्यकनीतिगत परिवर्तन र सहजीकरणको खाँचो रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।
उनकाअनुसार, व्यवसायीक क्षेत्रमाअझै सुधारको सम्भावना छ, तर त्यसकालागि सरकारले सहजीकरणको वातावरण तयार पार्नुपर्ने र व्यवसायीहरूलाई थप सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको छ।
सभामाअन्यवक्ताहरूले पनिव्यवसायीक क्षेत्रमा देखिएकाचुनौती र त्यसका समाधानकाउपायहरूबारे छलफल गरेका थिए।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बजार सुधारन्मुख रहेको बताएका छन ।
बिहिवार स्टक ब्रोकर एसोसिएसनको को ३० औं वार्षिक साधारण सभामाबोल्दै सभापतिचालिसेले भने, ‘पैसाको खाँचो छैन । पैसै पैसा छ तर बजार चलायमान छैन । बडो दुखको कुरा छ ।तर, अहिले सुधार भएको छ । व्यवसायीक साथीहरु काम गरिरहनु भएको छ । तर, त्यो कामबाहिर आउन सकेको छैन । सुधारन्मुख छ अहिले ।’
चालिसेलेकोभिड, ०७२ सालको भुकम्पलगायतका समयमाथला परेको व्यवसायले गर्दा बैंकको व्याजदर घट्दा पनि बैंकहरुमा ऋणलिने कोहीनभएको बताएका छन । ‘१६प्रतिशतको व्याजदर ८ प्रतिशतमाझर्दा पनि बैंकमा ऋण लिने कोही छैन । किनभने, कोभिड, ०७२ सालको भुकम्पलगायतको बेलामाथला बसेको व्यापार व्यवसायअहिलेसम्म उठ्न सकेको छैन । त्यहीँबेलाकाृे ऋणले सबै थलाबसीरहेको छ । निर्माण हुन सकिरहेको छैन ।’
प्रतिक्रिया दिनुहोस्