२४ पुष २०८१, बुधबार
पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

निगमलाई १५ दिनभित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।
नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनकालागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो । नेपाल वायु सेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएका थिए । निगमलाई घाटा लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियोे ।

प्रतिक्रिया दिनुहोस्