Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

देवताले नसकेको युद्घ देविले जितिन् तर महिनावारीको बेला देविकै मन्दिर जान नदिनु दुखद् : सभापति दहाल

रातो कागज
4 महिना अघि

२३ मंसिर, काठमाडौं । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् ।

आइतबार छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ । कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ । हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ । ’

साथै उनले महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याएकोमा दुख लागेको बताइन् । उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन् ।

उनले भनिन्,‘ महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो । ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया