Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

रासस
4 महिना अघि

२३ मङ्सिर, काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएको छ ।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उसले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उसको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया