२९ माघ २०८१, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

२८ मङ्सिर, दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८:०० देखि सॉझ ६:०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्