पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि प्रज्ञा भवनमा मतदान सुरु
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Photo-3-2-1296x700.jpg)
२८ मङ्सिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन सुरु भएको छ ।
केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्