प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/nepal20police_bOwdDXnwhG_g4knwouii4xqmh651ifiyfyl0ddr3ibnzu3t1r6wpdokigfiw2rs5wmzh1pm_UeHeLQlY8t_uv71jjevqwa35apbmmb10vh8tls32nz1ajyagyq0jz1szoyr2iigj6pgndpm.jpg)
२८ मङ्सिर, विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएको छ ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उसले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राखे । सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने धारणा उसले राखे ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका प्रमुख अभिनारायण काफ्लेको अध्यक्षतामा सम्पन्न सो समारोहमा ‘प्रहरी जवान’ नामक स्मारिका विमोचन गर्नुका साथै विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्