Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य 

रातो कागज
4 महिना अघि

२८ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाज प्लेअफलाई ११८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको हो ।

शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको । ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया