१ पुष २०८१, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बुद्ध एयरले राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सुरु गर्दै

१ पुस, काठमाडौं । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सोमबार अपरान्हदेखि सुरु गर्ने भएको छ ।

सोमबार परीक्षण उडान गर्न लागिएको हो । बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गर्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि सोमबार(आज)देखिराजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न लागेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।

कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्न मिल्ने प्रणालीको विकास गरेसँगै रात्रीकालिन उडान सुरु गर्न लागिएको प्रवक्ता कर्णले बताए । यसका लागि बुद्ध एयर र प्राधिकरणले विकसित प्रणालीबारे परीक्षण गरिसकेको छ ।

सोमबारको कार्यक्रमका लागि संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे साँझसम्म राजविराज पुगिसक्ने मन्त्रीका स्वकीय सचिव ताल बहादुर राउतले बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह राजविराज विमानस्थल जाने बताइएको छ । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्