Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हुलाक सेवालाई आधुनिकिकरण गर्न आवश्यक : मन्त्री गुरुङ

रातो कागज
4 महिना अघि

१ पुस, काठमाडौं । सञ्चार तथा तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले हुलाक सेवालाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०८१ मा बोल्दै उनले नेपालको आफ्नै कुरियर सेवालाई  आधुनिकिकरण गरेर व्यवसायिक बनाउनुपर्ने बताए ।

उनले भने,‘ नेपालको  आफ्नै  कुरियर सेवालाई  आधुनिकिकरण गर्नुपर्छ । यसलाई व्यवसायिक बनाउनुपर्छ । आज  लाखौं  कमाउने  ठाउँमा  भोलि  आधुनिकिकरण भयो  भने अर्बौं  राजश्व उठाउन सक्छौं । यसको लागि व्यवसायीकरण बनाउन जरुरी छ । जनशक्तिका हिसाबले पनि यसलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्छ ।  तर  हुलाक सेवा अहिलेसम्म डिजिटाइज हुन सकेको छैन । यसकारण सेवाको पनि आधुनिकीकरण गर्नुपर्छ । धेरै भन्दा धेरै राजश्व आर्जन गर्ने ठाउँ हुलाक सेवा पनि हो ।’

उनले सरकारले अब नेपाली जनताहरु कानुन मिचेर गएर लुक्ने ठाउँहरुको खोजी गरी त्यस्ता व्यक्तिहरुलाई समात्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने,‘नेपाल सरकारले अब जहाँ–जहाँ यहाँको नेपाली जनताहरु कानुन मिचेर गएर लुक्ने ठाउँहरु छन् । तिनलाई कारबाही गर्न नसक्ने अवस्था रहेकाले ति धेरै देशहरुसँग सन्धि गर्नुपर्ने रहेछ । त्यसरी मात्रै त्यो देशमा लुकेर बसेका र खोजिरहेका व्यक्तिलाई समात्न सक्छौं । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया