काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा आउँदैन् :आशिष गजुरेल
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Web-Post-Zone1-1296x700.jpg)
नेपाल इन्टरमोडल यातायातविकास समितिव्यावसायिकगतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खाबन्दरगाहले सेवाआरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापी, यतिका समयबितिसक्दापनि चोभार सुख्खाबन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमाआउन सकेको छैन।काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्मबन्दरगाह पूर्ण क्षमतामाचल्ने सम्भावनान्यून रहेको सम्बन्धितअधिकारीहरुको भनाइ छ । बन्दरगाह संचालनकै विषयमानेपाल इन्टरमोडल यातायातविकास समितिका कार्यकारी निर्देशकआशिष गजुरेलसँग गरेको कुराकानी :
यतिबेलाचोभार सुख्खाबन्दरगाहले के के सेवादिइरहेको छ ?
चोभार सुख्खाबन्दरगाहले व्यापार सम्बन्धि सम्पूर्ण सेवाप्रदान गर्छ । चोभारमा कसैले पनिव्यापार सम्बन्धि गाडी सुरक्षितपार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौं । ट्रेडसँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुकालागिगोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनित्यो सुविधाउपलब्ध गराउँछौं ।
बन्दरगाह संचालनको अवस्था के छ ?
अहिले नेपालभर आठवटा बन्दरगाह संचालनमा छन् । त्यसमध्यको चोभार सुख्खाबन्दरगाहपनि एक हो । बन्दरगाहबाट वार्षिक डेढ करोड रुपैयाँकमाइरहेका छौं । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाहवीरगन्जहो भने सबैभन्दाकमकमाइरहेको चोभार सुख्खाबन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौं–तराई दु्रतमार्गसँग गरिएको थियो । तर काठमाडौं–तराई दु्रतमार्ग निर्माण हुननसक्दाबन्दरगाहको आम्दानीकमभएको हो । तथापीचोभार अहिले कमाउन सक्ने स्थितीमा पुगेको छ र राज्यलाई कमाएर दिन सक्नु नै सफलताहो ।
सुख्खाबन्दरगाहको अवस्थालाई सफलताभनिरहनु भएको छ । तर आयातनिर्यातको अवस्थाचाहिँ कस्तो छ ?
हिजोआजप्रतिदिनजाँचपासको लागि चोभार सुख्खाबन्दरगाहमादुईवटा कन्टेनर आउँछन् । निर्यात चाहिँबन्दरगाह सुरु भएदेखि जम्मा ६ वटा कन्टेनर पठाएका छौं । बन्दरगाहलाई अलिकभिन्नतरिकारले संचालनव्यवस्थापन गरिरहेका छौ । अरु सातवटा भन्सार जाँचपासको मात्रै कामभइरहेको छ भने बन्दरगाहमाभन्सार जाँचपाससँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौं । यसमादुई थरीको विजनेस छ । एउटा भनेको भन्सार जाँचपास र अर्को भनेको व्यापार–टे«ड सम्बन्धिको क्रियाकलापको लागिआधाभाग छुट्याएका छौं । आजको दिनमाभन्सार जाँचपासको लागिएकदमै कम सवारी साधनतथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमाएकदमै राम्रो व्यापार भइरहेको छ । दुईटा गोदाम अपुगभएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरु दुईटा गोदामहरु थपनिर्माण गरिसकेका छौं । त्यहाँअत्याधिकमागछ ।जसले बन्दरगाहलाई चलायमानबनाउन सकेका छौं ।
लजिस्टिक हबको अवधारणा र उद्देश्यचाहीं कस्तो हो ?
लजिस्टिक हबविश्वबजारमा प्रख्यातछ ।त्यसलाई हामीले पनि चोभारबाट सुरुवात गरेका हौं । यो सफलपनिभयो । अहिले चोभारको मुख्यव्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाकाबाट आएकाविद्युतिय सवारी साधनहरुको व्यवस्थापनभइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरीभराउभएको छ । त्यसैगरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधापनिदिइरहेका छौं । यस्तो सुविधालजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरुपहो । सहज रुपमाव्यापारलाई सहजीकरण गरेर बन्दरगाहलाई चलायमानबनाइरहेका छौं । राज्यलाई कमाउने ठाउँमा पुर््याइरहेका छौं ।
आम्दानीको अवस्थाचाहीं कस्तो छ ?
पाँचवर्षका लागिनिजी क्षेत्रलाई न्यूनतमतीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदापनिनिजी क्षेत्रले पाँचवर्षसम्मकालागिवार्षिक तीन करोड रुपैयाँ दिनुहुन्छ । र तोकेको थे्रसहोल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशतनिजीक्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फ्लो धेरै छ ।पाँचवर्षमा आठदेखि दश करोड रुपैयाँ चोभार सुख्खाबन्दरगाहबाट आम्दानी गर्न सक्छौं । त्यसमाहाम्रो एक रुपैयाँपनिखर्च हुँदैन ।
निजीक्षेत्रलाई संचालनको संचालनको जिम्मेवारी दिइसकेपछिको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
अहिले आठवटै सुख्खाबन्दरगाहनिजी क्षेत्रलाई चलाउनदिइएको छ । नियमावलीअनुसार पनिप्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरेर सुख्खाबन्दरगाहहरु संचालनव्यवस्थापन गर्ने गरिएको छ । कन्ट्रयाक्ट म्यानेजमेन्ट तथानियमावलीसँगकाम गर्ने भनेर प्रष्ट रुपमाभनिएको छ । यूरोपियन देशहरुसँगै, भारतलयागतकाबाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खाबन्दरगाहहरु निजी क्षेत्रहरुमार्फत पीपीमार्फत संचालन, व्यवस्थापनभइरहेको छ । यो सफलपनिभइरहेको छ । निजीक्षेत्रको संलग्नताले सेवास्तर पनि वृद्धि भएको छ । नेपाल सरकारलाई प्राप्तहुने राजस्वपनि बढिरहेको छ ।
चोभार सुख्खाबन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्यबाट नेपाल ईन्टरमोडल यातायातविकास समितिमार्फत दुई वर्ष चलायौं । त्यतिबेलाएकदमै कमबिजनेस थियो ।मासिक १६ लाख रुपैयाँमा घाटामा थियौं । आजनिजीक्षेत्रआइसकेपछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह संचालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमानिजी क्षेत्रबाट संचालनमा रहनु नै हो । यदी सरकारमार्फत नै सुख्खाबन्दरगाह संचालनभएको थियो भने आजको जस्तो चलायमानहुने थिएन ।
सरकारमार्फत संचालनभएको भएबन्दरगाहचलायमानहुने थिएनभन्नुभयो । यसका कारणहरु चाहि के हुन्?
सरकारको निर्णय गर्ने प्रक्रियाएकदमै लामो छ । निजीक्षेत्रनाफाको लागिजति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजीक्षेत्रले तुरुन्त निर्णय गर्छ । कसैलाई छुट नै दिनुपर्ने हो भने पनितुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन् । राज्यले छुट दिनुपर्योभने भएकाप्रक्रिया पूरा गर्दागर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइसक्छ ।
त्यसोभए चोभार सुख्खाबन्दरगाह पुर्ण क्षमतामा संचालनहुनमा के ले रोकिरहेको छ ?
चोभार सुख्खाबन्दरगाहलाई दुई भागमा छुट्याएका छौं । आधाभागमाभन्सारका जाँचपासकाकाम गर्छौ भने आधाभागमा लजिस्टिक हबको काम गर्छाैं । लजिस्टिक हबमाव्यापार सम्बन्धि सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाँउ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमनअझकम नै छ । त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो । अहिलेसम्मभारतको नाकाबाट मात्रै भन्सार जाँचपास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभागमार्फत चीनको तातोपानी र रसुवा नाकाबाट पनिसिधै चोभार सुख्खाबन्दरगाहमा सामान ल्याउछु भन्नेहरुलाई पनित्यो सुविधालागु भइसकेको छ । यसले गर्दा भन्सारतर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमाभन्सार जाँचपास गराउने सुविधा छ ।
भारतकै नाकाबाट आउने सामानहरु चोभारसम्म चाहिँकिनआईपुग्दैनन् ?
चोभार व्यवसायीहरुकालागिविकल्पहो । चोभार सुख्खाबन्दरगाहअनिवार्य छिर्नु पर्दैन । किनभने मानिसहरुकालागिवीरगंज सुख्खाबन्दरगाह, विराटनगर सुख्खाबन्दरगाह, भैरहवा सुख्खाबन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँबाट गर्नुहुन्छ । त्यहाँअसहज हुन्छ भने चोभार आउनुहुन्छ । त्यसैले चोभार सुख्खाबन्दरगाहमाभन्सार जाँचपास भएनभनेर ठूलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँचपास जहाँभएनभने आइपुग्ने भनेको सरकारसँगै नै हो ।
चोभार सुख्खाबन्दरगाहको सम्पुर्ण पूर्वाधारहरुकोप्रयोग भइरहेको छ त ?
छन् ।अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी चोभार सुख्खाबन्दरगाहमा छन् । पाँचवटा गोदाममा तीनवटा पुर्ण रुपमाभरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ?भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्नभइसक्दाबन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारीतिर लागेका छौं।
यो कुरा मैंले मन्त्रालयमामन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । यहाँहिमालसिमेन्टको सातसय रोपनीजग्गा छ । त्यसमातीन सय रोपनीजग्गा चोभार सुख्खाबन्दरगाहलाई नयाँ संरचनाबनाउनकालागिएलोकेट गरिदिन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमामन्त्रीज्यूहरु सकरात्मक नै हुनुहुन्छ । बन्दरगाहको सात सय रोपनीजग्गामाप्रर्दशनी स्थलबन्दैछ । त्यो प्रर्दशनी स्थलकालागजतिबेलाजग्गा छुट्याईन्छ त्यतिबेला नै बन्दरगाहकालागिपनिजग्गा छुट्याईन्छ ।
प्रतिक्रिया दिनुहोस्