सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/PrithviSubbaGurungGandakiProvinceChiefMinister1611930081_480X320.jpg)
लमजुङ, ४ पुसः सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज उद्घाटन गरे ।
गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।
प्रतिक्रिया दिनुहोस्