महान्यायाधिवक्ता कार्यालयको कामको मन्त्रीले गरे प्रशंसा
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Ajay-Kumar-Chaurasiya-2.png)
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले महान्यायाधिवक्ताको कार्यालयको कामले सरकार मात्र नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको बताएका छन् ।
सोमबार महान्यायाधिवक्ताको कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै मन्त्री चौरसियाले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रको लागि मुद्दाको अभियोजन गर्ने, बहस पैरवी गर्ने काम जसरी महान्यायाधिवक्ताको कार्यालयले गरेको छ, यसले सरकारलाई मात्रै नभएर जनतालाई पनि ठूलो मद्दत पुर्याएको छ ।’
मन्त्री चौरसियाले संस्थाको कार्यमा रहेका केही कमी कमजोरीलाई सुधार्दै अघि बढ्न आवश्यक रहेको कुरा पनि उल्लेख गरे । उनले भने, ‘सरकार र हामीसँग भएका कमीकमजोरीलाई सुधार्दै काम गर्नुपर्छ । यहाँ पनि समस्या छन्, जसको समाधान गर्न सबैको योगदान आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस्