पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/sized-Rekha-Sharma-RSS--1296x700.jpg)
घोराही दाङ, १० पुस । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखाबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज घोराहीमा आयोजित कार्यक्रममा उनले सञ्चारकर्मीका समस्या समाधान गर्न आफूले विगतमा उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उनले भने, “राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको छ । ”
कार्यक्रममा महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा सञ्चारकर्मी र सञ्चार जगत्ले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्