विद्यार्थीलाई न्यानो कपडा वितरण
११ पुस, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयहरुमा अध्ययनरत तीन सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
क्लिक इन्टरनेसनल एजुकेसन काठमाडौँ’ले मालारानी गाउँपालिका–४ का तीन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । यस्तै ती विद्यालयका २४ शिक्षकलाई पनि न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए ।
किरण माध्यमिक विद्यालय निन्युखर्कका दुई सय ५० विद्यार्थी र १७ शिक्षक, जालकाँडा आधारभूत विद्यालय थामका ५० विद्यार्थी र सात शिक्षक तथा सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लिक इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक गोविन्द खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्